Breaking News
Home / Breaking News / कमजोर येनका कारण जापानी शेयरमा वृद्धि

कमजोर येनका कारण जापानी शेयरमा वृद्धि

टोकियो,१८ असार । बिहीवार जापानी शेयर बजारमा वृद्धि भएको छ । ग्रीसेली सङ्कटले बजार चिन्तित बनेको भए पनि जापानी मुद्रा येनको भाउमा आएको कमी र अमेरिकी बजारमा वृद्धि हुँदा जापानी शेयरमूल्य बढेको हो । सो दिन टोकियोमा बेञ्चमार्क निक्केई २२५ परिसूचक शून्य दशमलव ९५ प्रतिशतले बढेर २० हजार ५ सय २२ दशमलव ५० अङ्कमा उक्लिएको थियो ।

एशियाली बजारमा डलरको खरीद मूल्य १ सय २३ दशमलव ४४ येन थियो । यो अघिल्लो दिनको १ सय २३ दशमलव १५ येनको तुलनामा बढी हो । डलरको तुलनामा येनको भाउ कमजोर बन्दा यसले ठूला निर्यातक कम्पनीलाई फाइदा पुग्ने गरेको छ । अमेरिकी व्यावसायिक सेवा प्रदायक संस्था एडीपीले जुन महीनामा अमेरिकामा २ सय ३७ को सङ्ख्यामा नयाँ रोजगारी थपिएको तथ्याङ्क सार्वजनिक गरेलगत्तै अमेरिकी बजारमा उछाल आएको थियो ।

रोजगारी सृजनाको सङ्ख्या मेको तुलनामा बढी हुनुका साथै अनुमान गरेभन्दा पनि धेरै रहेको छ । अमेरिकी रोजगारीको सरकारी तथ्याङ्क भने आइसकेको छैन । यसैक्रममा बिहीवार अष्टे«लियाको एसएण्डपी/एएसएक्स २०० सूचक साढे १ प्रतिशतले बढेर ५ हजार ५ सय ९९ दशमलव ८० अङ्कमा उक्लिएको छ । त्यस्तै दक्षिण कोरियाली बेञ्चमार्क परिसूचक कोस्पी पनि शून्य दशमलव ४५ प्रतिशतले बढेर २ हजार १ सय ७ दशमलव ३३ अङ्कमा उक्लिएको थियो ।

उता, चिनियाँ शेयरमूल्य भने साढे ३ प्रतिशतले घटेर ३ हजार ९ सय १२ दशमलव ७७ अङ्कमा उक्लिएको थियो । बुधवारको सार्वजनिक बिदापछि खुलेको हङकङको ह्याङ सेङ इण्डेक्स शून्य दशमलव १ प्रतिशतले बढेर २६ हजार २ सय ८२ दशमलव ३२ अङ्कमा उक्लिएको थियो ।

त्यस्तै यूरोजोनका अर्थमन्त्रीहरुले ग्रीसको नयाँ वित्तीय उद्धारसम्बन्धी वार्ता उसको आइतवार हुने जनमतसंग्रहसम्मका लागि टारिदिएको खबरसँगै एशियाका अधिकांश बजारको कारोवारमा अनिश्चय जारी रहने लगानीकर्ताको अनुमान रहेको विश्लेषकहरुले बताएका छन् । गत हप्ता ग्रीसका अन्तरराष्ट्रिय कर्जादाताद्वारा प्रस्तावित सुधारका एजेण्डा स्विकार गर्ने/नगर्नेबारे आइतवार जनमतसंग्रह हुँदैछ । यस जनमतसंग्रहमा प्रस्ताव अस्विकार हुनेतर्फ मत बढीस् आउनुको मतलब यूरोलाई ग्रीसले त्याग्नु रहेको यूरोपेली सङ्घका प्रमुखहरुले चेतावनी दिएका छन् । त्यस्तै यसले लगानीकर्ताको मनोबल प्रभावित हुने र आउँदा कारोवारहरु अस्थिर बन्ने बजार विश्लेषकशहरुले बताएका छन् ।
– एजेन्सी

About admin

Check Also

happy

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *