Breaking News
Home / Breaking News / ‘जीरे खुर्सानी’ फेरि प्रशारण हुने, यसपटक जीतुको एकल निर्देशन

‘जीरे खुर्सानी’ फेरि प्रशारण हुने, यसपटक जीतुको एकल निर्देशन

काठमाडौँ , १३ भाद्र |मिडिया हवसँगको विवादका कारण २ बर्षदेखि प्रशारण रोकिएको हाँस्य टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’को प्रशारण अब फेरि सुरु हुने भएको छ । यो सिरियल प्रशारण हुँदा दर्शकले निकै रुचाएका थिए । यो सिरियलले धेरै पात्रको जन्म पनि गरायो । जितु नेपाललाइ ‘मुन्द्रे’ उपनामले परिचित गरायो भने शिवहरि पौडेललाइ यही सिरियलले ‘मुखमा हानु जस्तो’ उपनामले परिचित गरायो । किरण केसी ‘मुखमा हानु जस्तो’ थेगोबाट परिचित बने ।

यो सिरियल अब बिहीबार बेलुका प्रशारण हुने भएको छ । यो सिरियलको निर्देशन जीतु नेपालले गर्नेछन् । यसअघि प्रशारण भएको सिरियलमा जितु र शिबहरि पौडेलको संयुक्त निर्देशन थियो । पौडेल अन्यत्र ब्यस्त भएकाले एकल निर्देशनमा आउन लागेको जीतुले बताए । ‘हामीहरुविच त्यस्तो मनमुटाब केही छैन, शिबहरी दाइ अन्तै ब्यस्त हुनु भएकाले मैले एक्लै गर्न लागेको हुँ ।’ जितुले भने ।

यो सिरियलमा राजाराम पौडेल, शिबहरी बैरागी, साबित्री गुरुङलगायतका कलाकारले अभिनयमा निरन्तरता दिने भएका छन् भने केही नयाँ कलाकार पनि हुनेछन् ।

मुलुकमा सरकार बनाउने र गिराउने खेल जारी रहेकाले पुनः सिरियल लिएर आउन लागेको धारणा राख्ने जीतुले समसामयिक विषयमा ब्यङ्ग्य गर्ने बताए ।

About admin

Check Also

happy

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *