Breaking News
Home / खेल / फुटबल खेल्दाखेल्दै एकको मृत्यु

फुटबल खेल्दाखेल्दै एकको मृत्यु

काठमाडौँ, २५ असोज । विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका– ३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About admin

Check Also

Rana-Sister

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

काठमाडौँ, भदौ ५ गते । इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *