Breaking News
Home / अर्थ-बजार / काँकडभिट्टाबाट मुसुरो दाल र बन्दा निर्यात बढ्यो

काँकडभिट्टाबाट मुसुरो दाल र बन्दा निर्यात बढ्यो

काठमाडौँ, ९ माघ । पूर्वको मुख्य नाका काँकरभिट्टा हुँदै सबैभन्दा बढी मुसुरो दालको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष २०७४/०७५ को पहिलो चार महिनाको तथ्याङ्कलाई आधार मान्दा सबैभन्दा बढी मुसुरो दाल यो नाकाबाट निर्यात भएको क्षेत्रीय प्लान्ट क्वारेण्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका प्लान्ट क्वारेण्टाइन अधिकृत सुरेशकुमार साहका अनुसार यो नाका हुँदै सबैभन्दा बढी मुसुरो दालपछि बन्दाकोपी, अदुवा, अम्लिसो, तोरीपिना, राईसब्रान रहेका छन्।

पछिल्लो चार महिनामा ८३ करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात हुँदा ३४ करोड ६६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको ३ हजार ८ सय ५२ मेट्रीक टन मुसुरो दालमात्रै निर्यात भएको अधिकृत साहको भनाई छ । मुसुरो दाल विशेषगरी बंगलादेश निर्यात हुने गरेको छ ।

अधिकृत साहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कत्तिक महिनासम्म ५ करोड ७४ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको ७ हजार १८१ मेट्रीक टन बन्दाकोपी भारततर्फ निर्यात भएको छ । गतवर्षको सोही अवधिमा ४ करोड ९८ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको ६ हजार २ सय ३३ मेट्रीक टन निर्यात भएको थियो ।

यस्तै २५ करोड १९ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको ११ हजार २४९ मेट्रीक टन अदुवा र १२ करोड ७४ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको ३ हजार ९८४ मेट्रीक टन अम्लिसो पनि निर्यात भएको छ ।

यस्तै २६ लाख ९६ हजार रुपैयाँ बराबरको ४५ दशमलव ३ मेट्रीक टन जडीबुटी, ३ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको १ हजार २६१ मेट्रीक टन तोरीपिना र ५८ लाख ५९ हजार रुपैयाँ बराबरको ४९४ मेट्रीक टन राईसब्रान पूर्वी नाका भएर निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

निर्यात भन्दा आयत बढी
यो नाका हुँदै कृर्षिजन्य बस्तुमा निर्यात भन्दा आयत बढी भएको छ । चार महिनाको अवधिमा १ अर्ब १५ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरका कृषिजन्य वस्तुहरु आयात भएको कार्यालयले जनाएको छ । गतवर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयातमा समेत बढेको छ । गतवर्षको पहिलो चार महिनामा ९२ करोड ३१ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तुमात्र आयात भएका थिए ।

अधिकृत साहका अनुसार चीन, भारत, अष्टे«लिया, क्यानाडालगायतका देशबाट कृषिजन्य वस्तुहरुको आयात हुने गरेका छन् । काँकरभिट्टा नाका भएर सबैभन्दा बढी दलहन आयात भएको देखिन्छ ।

पहिलो चार महिनामा मात्रै ७६ करोड २४ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको ८ हजार ३९५ मेट्रीक टन दलहन, गेडागुडी क्यानडा र अष्टे«लियाबाट आयात भएको छ । यसैगरी, ३ करोड २८ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ३३७ मेट्रीक टन मकै, ५ करोड ७३ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ३८८ मेट्रीक टन कोदो, १ करोड ७५ लाख १० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ६६१ मेट्रीक टन ताजा तरकारी, ८ करोड ४५ लाख २ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ८६८ मेट्रीक टन फलफूल आयात भएको छ ।

आयात हुने अन्य कृषिजन्य बस्तुहरुमा ५१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १० मेट्रीक टन मकैको बीउ, ५ करोड ७१ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ९०५ मेट्रीक टन प्याज, १२ करोड ५५ लाख ५१ हजार मूल्य बराबरको ६ हजार ३२५ मेट्रीक टन आलु तथा ८ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको १२ मेट्रीक टन लसुन रहेका छन् ।

कार्यालयले प्रवेश अनुमति पत्र वापत निकासीतर्फ सोही अवधिमा ८७ हजार २०० र पैठारीतर्फ १ लाख ८५ हजार २०० गरी कुल २ लाख ७२ हजार ४०० रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले पैठारीतर्फ प्रवेश अनुमति पत्र सिफरीस गरेवापत २०० र निकासीतर्फ १०० रुपैयाँ लिने गरेको छ ।

About admin

Check Also

happy

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *