Breaking News
Home / संघर्ष र सफलता / साहित्यकार रोदन सम्मानित

साहित्यकार रोदन सम्मानित

काठमाडौँ, जेठ २९ गते । साहित्यिक पत्रिका मुधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ (रोदन) डम्वरकुमारी–गणेश कोइराला आख्यान पुरस्कारबाट सम्मानित हुनुभएको छ । डम्वरकुमारी–गणेश कोइराला साहित्यिक प्रतिष्ठानले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा कथाकार भागीरथी श्रेष्ठले ताम्रपत्र प्रदान गर्नुभएको हो ।
रोदनलाई पुरस्कार स्वरुप डम्वरकुमारी तथा गणेश कोइरालाले १५ हजार एक रुपियाँ पनि प्रदान गरिएको थियो । कोइराला दम्पतीको बैवाहिक जीवनको ६३ आँै वर्षको प्रवेशको अवसरमा आख्यान विधामा सम्मान गरिएको प्रतिष्ठानको अध्यक्ष मन्दिरा मधुश्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री तथा साहित्यकार शंखरप्रसाद कोइरालाले अव आउने पुस्तालाई साहित्यको कुरा सिकाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । विस २०५५ सालमा पहिलो पटक पुरस्कार पाउँदाको दिन सम्झदै उहाँले भन्नुभयो, ‘अरु साहित्य पुरस्कार त प्राप्त गरेको छु तर आख्यानमा पहिलो पटक पुरस्कृत हुदाँ अत्यन्त खुसी महसुस गरिरहेको छु । ’

About admin

Check Also

myagdi-beni-bajar

युवाद्वारा ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान

काठमाडौँ, २९ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा जन्मिएका युवाले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ अभियान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *