Breaking News
Home / देशभित्र / काँग्रेस जिल्ला सभापतिहरुको भेला

काँग्रेस जिल्ला सभापतिहरुको भेला

हेटौँडा, असार ५ गते । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ ।

सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटाँैडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराउनु भएको थियो । (रासस)

About admin

Check Also

accident (1)

तीन जना सवार मोटरसाइकल दुर्घटनाग्रस्त, एकको मृत्यु

काठमाडौं ३ असोज । धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै आज मोटरसाइकल दुर्घटना हुँदा एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *