Breaking News
Home / दुर्घटना / पाल्पा बस दुर्घटना : घाइतेको उद्धार

पाल्पा बस दुर्घटना : घाइतेको उद्धार

रामपुर, पाल्पा, असार २८ गते । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो । रासस

About admin

Check Also

accident

छुट्टाछुटै दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ, भदौ ११ गते । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *