Home / टप स्टोरी / पैसा र पासपोर्टको छपाइ अब नेपालमै

पैसा र पासपोर्टको छपाइ अब नेपालमै

नोट, पासपोर्ट तथा राजश्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ विदेशमा गर्दा बर्सेनि ठूलो धनराशि खर्च हुने गरेको छ । तर सरकारले अब यी सबै सामग्रीको छपाइ स्वदेशमै गर्ने भएको छ ।
कान्तिपुरका अनुसार यी सबैको छपाइ गर्न सुरक्षण मुद्रण केन्द्र स्थापना गरिने भएको छ । यसका लागि सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससित समझदारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारी पत्रमा हस्ताक्षर भएको समाचारमा लेखिएको छ ।

कान्तिपुर लेख्छ– समझदारीमा सुरक्षण मुद्रण स्थापनाका लागि तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख छ ।

जथाभावी घडेरी बिक्री गर्ने प्रवृत्ति बढिरहेका बेला सरकारले आवासीय क्षेत्रमा मात्रै घडेरी बिक्री गर्न पाइने नियम बनाएको छ ।

गोरखात्र दैनिकका अनुसार अब आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएको क्षेत्रबाहेक अन्यमा व्यावसायिक उद्देश्यले घडेरी बिक्री गर्न पाइने छैन ।

प्रतिनिधिसभाले जग्गा वर्गीकरण प्रावधानसमेत समेटेर विधेयक पारित गरेको समाचारमा उल्लेख छ । पारित विधेयकले जग्गाको वर्गीकरणसमेत गरेको छ ।

About admin

Check Also

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *