Home / देशभित्र / भगवान बुद्धको आठ सूत्रः यसरी हटाउनुहोस् दुःख

भगवान बुद्धको आठ सूत्रः यसरी हटाउनुहोस् दुःख

हामी दुःखको महासागरमा तैरिरहेका छौ । दुःखबाट कसरी उन्मुक्ति पाउने ? जे-जसो गरेर हुन्छ हामी यही खोज गरिरहेका हुन्छौ । अर्थात जीवनभर हामी जे-जति काम गर्छौ, त्यसको भित्री ध्येय भनेको दुःखबाट उन्मुक्ति नै हो । तर, दुःखलाग्दो चाहि के भने मृत्युको मुखमा पुग्दासम्म हामी दुःखबाट उम्कने बाटो पहिल्याउन समर्थ भइसकेका हुँदैनौ । दुःखको दलदलमा डुबेर बाँच्छौ र दुःख लिएर मर्छौ ।

आखिर यसबाट कसरी मुक्ति मिल्छ ?
भगवान बुद्धले यसको सूत्र दिएका छन् । अतः यहाँ उनको आठ सूत्र उल्लेख गरिएको छ ।

पहिलो, सम्यक दृष्टि । अर्थात जस्तो छ त्यस्तै देख्नु । कुनैपनि कुरालाई हेर्दा, मूल्यांकन गर्दा आफ्नो धारणालाई बीचमा लिएर नहेर्नु ।

आँखा निर्दोष छ, जसरी ऐना पनि त खाली हुन्छ । तर, ऐनामा धुलो पर्‍यो, फोहोर-मैला पर्‍यो भने त्यसमा देखिने प्रतिविम्ब वास्तविक जस्तै देखिदैन । फरक देखिन्छ । हाम्रो आँखाले पनि हरेक कुरा निष्पक्ष देखेको हुन्छ । तर, हाम्रो धारणा वा विचारले त्यसलाई भ्रममा पारिदिन्छ ।

त्यही कारण कुनैपनि कुरालाई हेर्ने दृष्टि सम्यक हुनुपर्छ । अर्थात यथोचित दृष्टि हुनुपर्छ ।

दोस्रो सूत्र, सम्यक संकल्प । यसको अर्थ हो कि, जुन गर्न योग्य हुन्छ, त्यही गर्नु र त्यसमा पुरा जीवन लगाउनु । अर्थात समुचित काम पूर्णताका साथ गर्नु । यस्तो संकल्प जो बोधबाट होस्, जीवनको प्रौढताबाट होस् । क्षणिक उत्साह वा मान्छेले के भन्छ भन्ने भावनाबाट होइन । बाहिरी उत्साह नभई आन्तरिक उत्साह होस् ।

तेस्रो सम्यक वाणी । जे बोल्छौ, त्यही गर्नु । भित्री एउटा कुरा, बाहिरी अर्को कुरा होइन । आफ्नो बोलीमा हृदयको अवस्था प्रकट होस् । जुन कुरा बोल्नुपर्छ, त्यही बोलौ । जति आवश्यक छ, त्यती नै बोलौ । धेरै बोलेर व्यर्थ समय नष्ट नगरौ ।

चौथो हो, सम्यक कर्म । अर्थात यथोचित काम । त्यही काम गरौं, जुन काम गर्न योग्य होस् । सार्थक होस् । यस्तो कामबाट जीवनको सार मिलोस् । व्यस्त रहनु वा केही न केही गरिरहनु आवश्यक छैन । गर्नु त्यही हो, जुन जरुरी छ । यसलाई बुद्धले सम्यक कर्म भनेका छन् ।

पाँचौ, सम्यक आजीव । आजीवको अर्थ आजीविका हो । दालभात त खानु नै छ तर आजीविका सम्यक होस् । विध्वंसात्मक नभइ सृजनात्मक हुनुहोस् । तपाईं बाँच्नका लागि अरुलाई पीडा नहोस् । अरुको जीवन नष्ट नहोस् । अरु कसैको अहित नगरी बाँच्नु नै सम्यक आजीविका हो । यदि कसैको अहित गर्नुहुन्छ भने तपाईंले आफ्नो लागि पनि अहितको बिजारोपण गर्नुहुनेछ ।

छैठौं, सम्यक व्यायाम । यहाँ व्यायामको अर्थ श्रम हो । सम्याक श्रम भनेको न त आलस्य हो न त अति कर्मठता हो । दुबैको मध्य मार्ग हो, सम्यक व्यायाम । त्यही जीवनको उर्जा सन्तुलित हुन्छ ।

सातौ हो, सम्यक स्मृति । नराम्रो विचार मनमा राख्ने होइन । राम्रो विचार मनमा राख्ने ।

आठौं सूत्र हो, सम्यक समाधि । अर्थात मन बन्द होस् र चेतना चाहि रहोस् । अर्थात जाग्रत अवस्थामा पनि आनन्दित महसुष गर्नु । हामी चेतनाको तहमा पुगेपछि केही न केही कुराबाट प्रभावित हुन्छौ । दुःखी हुन्छौ, खुसी हुन्छौ । यस्तो अवस्था सम्यक स्मृति परिधिमा र सम्यक समाधि केन्द्रमा ।

दुःख निरोधको अवस्था

जब हामीलाई महसुष हुन्छ, जीवनमा दुःख त अवश्यभावी छ । तब हामी यसको कारण खोतल्न थाल्छौ । कारण फेला परेपछि त्यसको समाधान खोज्छौ । आष्टांगिक मार्ग अनुसर सातौं-आठौं सूत्रसम्म पुगेपछि हाम्रो समस्याको हल हुन्छ । तब चौथो आर्य सत्य सुखको अवस्था आउँछ । यसलाई निर्वाणको अवस्था, महासुखको अवस्था जे पनि भनिन्छ ।

हो, यही अवस्थामा आएपछि मान्छेको सबै तृष्णा समाप्त हुन्छ । जसै दुःख समाप्ता हुन्छ, संसारको यात्रा समाप्त हुन्छ । यही निर्वाण हो, यही मोक्ष हो । जब ज्योतिमा ज्योति विलुप्त हुन्छ तब सूक्ष्म शरीरमा समाहित इच्छा, तृष्णा, अहंकार, अस्मिता ति केही रहँदैन । यही चार आर्यसत्यको माध्यामबाट भगवान बुद्धले चरम सीमासम्म पुग्ने मार्ग बताएका छन् ।

मन सबै प्रवृत्तिको अगुवा

शारीरिक लक्षण खासमा मनको लक्षणको रुपक मात्र हो । भगवान बुद्ध भन्छन्, मन सबै प्रवृत्तिको अगुवा हो । मन नै प्रधान हो । सबै धर्म मनोनय हो । जब कुनै व्यक्ति आफ्नो मनलाई मैला बनाएर कुनै वाणी बोल्छ वा शरीरबाट कुनै कर्म गर्छ, तब दुःख उनको पछि लाग्छ ।

About admin

Check Also

तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठीका लागि फेसप्याक बनाउँदा हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच …

Leave a Reply

Your email address will not be published. Required fields are marked *