Home / विश्व / अमेरिका-चीन व्यापार युद्ध चर्किने सङ्केत

अमेरिका-चीन व्यापार युद्ध चर्किने सङ्केत

चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ।चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ।

अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ।गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो। त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ। त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ।

About admin

Check Also

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *