Home / प्रवास / १३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो

१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो

भारतीय वायुसेनाको विमान सोमबार दिउसोदेखि सम्पर्कविहीन भएको छ ।

८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेकाे एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ ।

आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ । अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

About admin

Check Also

अमेरिका-चीन व्यापार युद्ध चर्किने सङ्केत

चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *