Home / Breaking News / पोखरामा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

पोखरामा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

लागूऔषध कारोबारी पक्रँदा प्रहरीले पोखरा गोली चलाएको छ । बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारीको खुट्टामा गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ।

रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएर प्रहरी पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि प्रहार गरी भागेपछि प्रहरीले गोली चलाउँदा खुट्टामा गोली लागेको छ । लागूऔषध कारोबारी र घाइते प्रहरीको नाम खुलिसकेको छैन।

About admin

Check Also

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *