Home / Breaking News / पूर्व आईजीपीदृारा कारागार चलान

पूर्व आईजीपीदृारा कारागार चलान

काठमाडौँ, २० असार । नेपाल प्रहरीको बन्दोबस्तीका सामान खरिद प्रकरणको अनियमिततामा दोषी ठहर पूर्वमहानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी फैसला कार्यान्वयनका लागि कारागार चलान हुनुभएको छ । फैसला भएको २५ महिनापछि ठकुरी बिहीबार सर्वोच्चमा उपस्थित हुनुभएको हो । थुनाबाहिरै रहेर मुद्दाको पुनरावलोकन गर्न पाऊँ भन्ने माग अस्वीकार गर्दै सर्वोच्चले ठकुरीलाई कारागार पठाएको हो ।
लामो समयसम्म फरार अभियुक्त ठकुरी मुद्दा पुनरावलोकन र कारागारबाहिर बसेरै थप प्रक्रिया अगाडि बढाउने सुविधा माग्दै अदालत जानुभएको थियो । अदालतले सुविधा माग गर्ने निवेदन दर्ता भने अस्वीकार गरेको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले फैसला कार्यान्वयनका लागि ठकुरीलाई डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, “उहाँले पुनरावलोकन प्रक्रिया कारागारबाहिर नै रहेर सहभागी हुन पाउनु प¥यो भन्ने निवेदन र पुनरावलोकनको निवेदन दर्ताका लागि ल्याउनुभएको थियो । पुनरावलोकन निवेदन बुझिएको छ तर सुविधा छुट माग गरेको निवेदन अस्वीकार भएको छ । ”
फैसलाको दुई वर्षभन्दा लामो समय फरार रहनुभएका ठकुरीलाई सुविधा लिन कानुनी प्रक्रियामा सहभागी हुनुपर्ने सर्वोच्चकै बृहत् पूर्णइजलासको व्याख्याअनुसार निवेदन अस्वीकार गरिएको हो । फौजदारी कार्यविधि संहिता ऐनको व्यवस्थाअनुसार दस वर्षभन्दा कम सजाय भएका र पुर्पक्षका क्रममा थुनामा नरहेका अभियुक्तलाई पुनरावेदनको हकमा बाहिरै रहन पाउन सक्ने व्यवस्था गरेको छ तर अदालतले ठकुरीलाई भने उक्त
सुविधा नदिएको हो ।

About admin

Check Also

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *