Home / Breaking News / कारबाहीमा सात आतङ्ककारी मारिए

कारबाहीमा सात आतङ्ककारी मारिए

काठमाडौं , २७ असार ।
अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् ।

तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताउनु भएको छ

सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त समाचारमा जनाइएको छ । हेलमाण्ड प्रान्तको पुल सेयाह क्षेत्रमा बुधबार अबेर राति सुरक्षा जाँचचौकी आक्रमण गर्न हिडेका ती तालिबान लडाकू समूहलाई सुरक्षाबलले एम्बुस आक्रमण गरेका बताइएको छ ।

सुरक्षाबल र तालिबान लडाकू समूहबीच भएको दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ कुनै क्षति नभएको जनाइएको छ । रासस /सिन्ह्वा

About admin

Check Also

चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

काठमाडौं , २७ असार । जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *