Home / Breaking News / विमानस्थलद्वारा ५ बजेसम्मका लागि नोटाम जारी, उडान र अवतरण प्रभावित

विमानस्थलद्वारा ५ बजेसम्मका लागि नोटाम जारी, उडान र अवतरण प्रभावित

काठमाडौं , २७ असार ।
काठमाडौँ — त्रिभुवन विमानस्थल ५ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् ।

सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। त्यसपछि पनि चिप्लिएको विमान निकाल्न केही समय लाग्ने भएपछि सवा २ बजेसम्म नोटामको समय थप गरिएकोथियो। सवा २ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ३ बजेसम्मलाई नोटामको समय थप गरिएको थियो । ३ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ५ बजेसम्मलाई अद्यावधिक गरिएको छ। चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ।

यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ। यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन्।

विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो। अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए।

काठमाडौं आउँदै गरेका नौ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् भने काठमाडौंबाट उडान हुनुपर्नेदशवटाको उडान स्थगन भएको छ।

हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्‍को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ।

विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

ती ड्युटी अफिसरका अनुसार चाइन एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन्। नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्लीडाइभर्ट गर्ने तयारी गरेको छ।

About admin

Check Also

चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

काठमाडौं , २७ असार । जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *