Press "Enter" to skip to content

इजी लिंक र नम्बर वन ट्रावलको कामताबाट संयुक्त कारोबार सुरु

टोकियो, ३१ असोज​। एयर टिकेटिङ गर्दै आएको नम्बर वन ट्रावल र रेमिट्यान्स कम्पनी इजी लिंकले जापानको कामताबाट संयुक्त कारोबार सुरु गरेको छ ।
कामतामा आज शनिवारवाट संयूक्त ब्यवसायिक सुरु गर्ने गरि शाखा अफिस एक औपचारिक कार्यक्रम गरि सुरु गरेको हो । आज एक कार्यक्रमका विच नम्बर वन ट्रावल कम्पनीका तर्फवाट मेनेजिङ डिरेक्टर रानजन दासदेब र डिरेक्टर हिदेओ सावदा र इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले संयूक्त रुपमा रिवन काटेर कारोवार सुरु गर्ने गरि शाखा स्थापना गरेका छन् ।
दुवै कम्पनीले दोहोरो ब्यवसाय सम्झौता गरि कामताबाट संयुक्त कारोबार सुरु गरेको इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले बताउनु भयो ।
एयर टिकेटिङमा विशेष गरि विदेशिहरुलाई प्राथामिकता दिएर सहुलियत दिने नम्बर वन ट्रावल कम्पनीका मेनेजिङ डिरेक्टर रानजन दासदेबले बताउनु भयो ।
यि दुई कम्पनी नम्बर वन ट्रावलको टिकट लिएर आए इजी लिंकवाट फ्रि रेमिट्यान्स गर्न सकिने र इजी लिंकवाट पैसा पठाएको रिपेप्ट लिएर गए नम्बर वन ट्रावलले टिकेटिङमा सहुलियत दिने जनाएको छ ।
यी दुवै कम्पनीले एकै ठाउँवाट आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान बताएको छ ।

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *