Press "Enter" to skip to content

गुन्मा केन मायबासीमा डा.महाबिर पुन सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न​

टोकियो,१३ जेठ। NRNA JAPAN GUMNA को सहकार्यमा Youth for Help को आयोजना तथा Everest Group को प्रायोजनमा गुन्मा केन मायबासीमा राष्ट्रिय आबिस्कार केन्द्र नेपालका संस्थापक डा.महाबिर पुन सँग को अन्तरक्रिया कार्यक्रम सम्पन्न भ​एको छ​।
मायवासी बुन्काकाईकानमा भ​एको अौपचारीक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय आबिस्कार केन्द्र नेपालका संस्थापक डा.महाबिर पुन,अतिथिहरुमा NRNA JAPAN सल्लाहकार ज्ञानेन्द्र पौडेल​,NRNA GUNMA संयोजक महेश रिसाल​,NRNA GUNMA सल्लाहकार तारा गउडेल तथा साझा समाज गुन्माका का प्रतिनिधि केशब थापा रहेका थिए। बलबीर बुढा मगरले स्वागत मन्तब्य राख्नदै कार्यक्रमको सुरुबात भ​एको थियो।त्यस्तै महेश रिसाल तथा ज्ञानेन्द्र पौडेल ले पनि मन्तब्य राख्नुभयो।कार्यक्रम ब्यवस्थापक एन आर एन जापान गुन्मा का महेन्द्र थापाले कार्यक्रम सञ्चालन गर्नुभ​एको थियो।
डा.महाबिर पुन ले आफ्नो परिचय दिदै बाल्यकाल देखि हाल सम्म को भोगाई राख्दै सहभागीको ध्यान केन्द्रीत गर्नुभयो। देश विकासमा राष्ट्रिय आविष्कार केन्द्रको भुमिका तथा महत्व लाई प्रमुख बिषय बनाउदै भन्नुभयो-पुर्वाधार बिकास तथा आर्थिक बिकास सँगै गरिएन भने हामिले नेपाल लाई बिकास गर्न सक्दैनौ।आर्थिक बिकास गर्न दिमाग बेच्ने,उत्पादन बेच्ने र श्रम बेच्ने ३ उपायहरु रहेको तर हामि श्रम मात्र बेचिरहेको र त्यसले मात्र आर्थिक बिकास दिन सक्दैन​।हाल नेपालमा श्रम बेचेर करिब ७ अरब रेमिटेन्स भित्रिन्छ भने ९ अरब को बस्तु आयात हुने गर्छ​।हाल रेमिटले देशको इज्जयत बचाएको मात्र हो बिकास गरेको होइन​।देश बिकासको लागि पुँजी आवश्यक पर्छ र त्यो भनेको मान्छे नै हो,मान्छे बिना आर्थिक बिकास सम्भब छैन​।दिमागले मात्र बिकास हुन्छ​। राष्ट्रिय आबिस्कार केन्द्र नेपाल नेपाल ले आर्थिक बिकासको लागि र हाम्रै जिबनकाल मा नेपालको बिकास गर्न हाल यसरी लागिरहेको र ३ करोड नेपाली मध्य ३ लाख नेपाली लाई मात्र यसको महत्व बुझाउन सके अभियान सफल हुने मा दुई मत छैन​।बुद्दि दान​,आर्थिक दान केहि नसके प्रचार​-प्रसार मात्र गरे पनि अभियान लाई सहयोग गर्न सकिनेछ तर यसको लागि आबिस्कार केन्द्र बारे बुझेर मात्र गर्न पर्ने सर्त लागु हुन्छ​।आबिस्कार केन्द्र आर्थिक बिकासको लागि अनिवार्य भ​ए पनि सरकारले चासो नदिएको ले हामि जनता आफैले यसको सुरुवात गरेको हो।
कार्यक्रमा ७० जना भन्दा बढी सहभागीहरु थिए।अन्त्रक्रिया कार्यक्रम को अन्तिम​मा रहेको प्रश्न उत्तर गर्ने चरणमा धेरै सहभागीले आफ्नो जिज्ञासा आबिस्कार केन्द्र नेपालका संस्थापक डा.महाबिर पुन सँग राखेका थिए।
PHOTO:

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *