Home / विश्व

विश्व

चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड

काठमाडौँ,१८ असार । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ …

Read More »

बेलायतमा बेरोजगारको संख्या घट्यो, ४५ वर्षयताकै न्यून

बेलायतको बेरोजगार दर ४५ वर्षयताकै न्यून अवस्थामा पुगेको बेलायती सरकारी तथ्याङ्कले देखाएको छ । बेलायतको यूरोपेली संघ (ईयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि बेलायतको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मंगलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ को शुरुवाती तीन महिनामा यहाँको बेरोजगार दर ३.८ प्रतिशत कायम …

Read More »

अमेरिका-चीन व्यापार युद्ध चर्किने सङ्केत

चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ।चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ। अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले …

Read More »

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ– रसिया

काठमाडौं , ६ असोज । रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिनुभयो । मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र …

Read More »

फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

काठमाडौं , ६ असोज । अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिनुभयो । यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि …

Read More »

मलेसियाका पूर्व प्रधानमन्त्रीमाथि लाग्यो थप २५ आरोप

काठमाडौं , ५ असोज । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उहाँलाई लगाइएको हो । सयौँ लाख डलर उहाँको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न …

Read More »

एक अमेरिकी डलर किन्न ११७ नेपाली रूपैयाँ

काठमाडौं, ३ असाेज ।अमेरिकी डलरको मूल्यले ११७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा छ। अघिल्लो दिनको तुलनामा यो ७५ पैसा महँगो हो। एक सातायता डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ। डलरको …

Read More »

चर्कियो अमेरिका-चीन व्यापार युद्ध

काठमाडौं, २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ। राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा …

Read More »

३६ नेपालीद्वारा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण

काठमाडौँ, १ असोज । जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ । …

Read More »

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

फिलिपिन्स, १ असोज । फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६५ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा यस आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा अन्य ११ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी अन्य ४३ बेपत्ता रहेका र …

Read More »