हराएकी युवतीमाथि काठमाडौंकै होटेलमा सामूहिक बलात्कार

काठमाडौं, २ असोज । तीन दिनदेखि हराएकी नागार्जुन नगरपालिकाकी एक युवतीलाई उनकै मामा नाता पर्नेको सहयोगमा काठमाडौँकै एक होटेलमा राखेर सामूहिक बलात्कार गरेको खुलेको छ। नागार्जुन नगरपालिका-७ हसनटारमा बस्दै आएकी बोल्न र राम्ररी सुन्न नसक्ने २१ वर्षीया ती युवती सोमबारदेखि कलंकी स्युचाटारबाट हराएकी थिइन् । उनलाई मामा नाता पर्ने अर्जुन …

Read More »

दुनियाकै महंगो टेबुल, मूल्य १ अर्ब २६ करोड

मामुली प्रयोगका सामानहरु पनि दुनियामा करोडौं मूल्यमा लिलामी भएका खबरहरु हामीले सुन्दै आएका छौं। अब यही क्रममा एउटा टेबुलले अर्को विश्व कीर्तिमान कायम गर्दैछ । बेलायतको लण्डनमा बहुमुल्य वस्तुहरुको कला प्रदर्शनी हुँदैछ र त्यसमा ४ सय वर्ष पुरानो एउटा टेबुल १ अर्ब २६ करोड रुपैयाँ सुरुवाती मूल्य सहित लिलाम बढाबढमा …

Read More »

सरकारले सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै काम गरेको,कांग्रेसका नेता सिंहकोआरोप​

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए । गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा अाज शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, …

Read More »

काठमाडौंमा नापी सर्वेक्षक घुससहित पक्राउ

काठमाडौं, २ असोज । नापी कार्यालय बुढानीलकण्ठ काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले कुवँरलाई सोमबार पक्राउ गरेको हो …

Read More »

चर्कियो अमेरिका-चीन व्यापार युद्ध

काठमाडौं, २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ। राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा …

Read More »

तेजाव हानेर कुरुवा बस्न गएका पासवान अस्पतालबाटै पक्राउ

रौतहट, १ असोज । रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा उनीहरुकै एकजना छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि तेजाव हानेको अभियोगमा छिमेकी रामबाबु पासवानलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । घटनाको ६ दिनपछि प्रहरीले बिरामी कुरुवा …

Read More »

फेरी पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाडौं, १ असाेज । नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको …

Read More »

३६ नेपालीद्वारा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण

काठमाडौँ, १ असोज । जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् । तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ । …

Read More »

प्रहरी जवान मकैबारीमा मृत फेला

सुर्खेत, १ असोज । सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक प्रहरी जवान मकैबारीमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान अमर बोहोरा मृत अवस्थामा फेला भेटिएका हुन्। जिप्रका दाङबाट घर विदामा आएका बोहोरा तीन दिनपछि सोमबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरले बताए। ‘तीन दिनदेखि विदा …

Read More »

बलात्कारी बिरुद्ध नबोलौं अरिंगालले टोक्ला : नेविसंघ

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । १३ वर्षीया निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामाको समेत माग गरेको हो । केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा …

Read More »