विचौलियाको दादागिरी (सम्पादकीय)

काठमाडौंँ, भदौ ६ गते । सोमबार अपराह्न कालीमाटी तरकारी तथा फलफूल बजारको अनुगमन गर्न गएको संयुक्त अनुगमन टोलीलाई व्यापारीले तीन घन्टा घेराबन्दीमा राखे । तरकारीको बिल माग्दा व्यापारीले उपलब्ध गराउन नसकेपछि टोलीले तरकारी लिएर प्रवेश गरेका ट्रक नियन्त्रणमा लिएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र सचिवसमेत घटनास्थलमा …

Read More »

मृगौलापीडितलाई सहयोग

काठमाडौंँ, भदौ ६ गते । मृगौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मङ्गला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारको लागि सहयोग जुटाउन अभियान शुरु गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसकेपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सो अभियान …

Read More »

राउटेलाई समयमै भत्ता

काठमाडौंँ, भदौ ६ गते । राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् । गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति …

Read More »

ढुङ्गेधारा पुनः प्रयोगमा ल्याइने

काठमाडौंँ, भदौ ५ गते । काठमाडौंैँको सबैभन्दा पुरानो करिब एकहजार चारसय बर्ष अघि निर्माण भएको येँगाःहिटी ढुङ्गेधारालाई पुनः प्रयोगमा ल्याउने तयारी भएको छ । वडा नं. २१ येँगालमा रहेको उक्त धाराको अर्थ नेपालभाषा (नेवारी)मा येँलाई काठमाडौं, गाःलाई खाल्डो र हिटी अर्थात धारा हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको …

Read More »

बलात्कारमा आजीवन कैदको प्रस्ताव

काठमाडौँ, भदौ ५ गते । दश वर्षभन्दा कम उमेरकी बालिका, ७० वर्षभन्दा माथि उमेरको बृद्धा र ‘क’ वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजायको मागसहित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ । बलात्कारपछिको हत्यामा आजीवन कैद सजाय भए पनि अन्य गम्भीर प्रकृतिका …

Read More »

पहिरोको जोखिममा बाजुरा

काठमाडौँ, भदौ ५ गते । एक महिनादेखि निरन्तर परेको अवरिल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्लाका धेरै स्थानमा रहेको भिरालो तथा पाखो जमिनमा रहेका बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा कठिन भएको छ । अविरल वर्षाका कारण जताततै बाढीपहिरो जाने गर्नाले बाजुरा …

Read More »

प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन नपाइने

काठमाडौँ, भदौ ५ गते । अबदेखि विद्यालय तहको प्रयोगात्मक परीक्षामा शिक्षकले जथाभावी अङ्क दिन नपाउने भएका छन् । वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका अधिकाँश परीक्षार्थीको प्रयोगात्मकमा ‘एप्लस’ देखिएपछि यस्तो प्रवृत्तिमाथि रोक लगाउन लागिएको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले भदौ १ गते विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम संरचनालाई …

Read More »

गुनासोपछि कतिपय स्थानीय कर छुट

काठमाडौँ, भदौ ५ गते । स्थानीय तहले कर बृद्धि गरेको गुनासो व्यापक भएपछि कतिपय स्थानीय तहले भने केही कर निःशुल्क गर्ने निर्णय गरेका छन । स्थानीय सेवाग्राहीसँग सङ्कलन गरिएको कर स्थानीय तहकै विकासका लागि भए पनि कर सङ्कलनका विषयलाई अतिरिञ्जित बनाइएसँगै स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक र …

Read More »

प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने

काठमाडौँ, भदौ ५ गते । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति …

Read More »

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

काठमाडौँ, भदौ ५ गते । नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु …

Read More »